बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन चार लाखभन्दा बढी संक्रमित भेटिए


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १८, २०७८
  • 821
    SHARES

१८ बैशाख, काठमाडौं । छिमेकी मुलुक भारतमा एकै दिन चार लाखभन्दा बढी कोरोनाभाइरस संक्रमितका बिरामी थपिएका छन्। यस्तै पछिलेलो २४ घन्टामा ३ हजार ५ सय २२ जनाको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो एकै दिन देखिएका संक्रमितको संख्या अहिलेसम्मकै बढी हो।

यसअघिका आठ दिन लगातार दैनिक तीन लाखभन्दा बढी संक्रमित पुष्टि हुँदै आएका थिए। आज भने नयाँ संक्रमित चार लाख नाघेका छन्।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ पुगेको छ। त्यस्तै, अहिलेसम्म एक करोड ९१ लाख ५७ हजार ९४ जनामा कोरोना पुष्टि भइसकेका छन्।

महाराष्ट्रमा मात्र ६२ हजार ९ सय १९ संक्रमित थपिएका छन्। यस्तै कर्नाटकमा ४८ हजार २ सय ९६, केरलामा ३७ हजार १९९ जनामा कोरोना देखिएको छ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि दिनदिनै बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जनाले ज्यान गुमाएका छन्। गत एक सातादेखि दैनिक ज्यान गुमाउनेको संख्या तीन हजार नाघेको छ।

कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्रमै संक्रमितको ज्यान गइरहेको छ। महराष्ट्रमा एकै दिन ८२८ जनाको मृत्यु भएको छ। त्यसपछि दिल्लीमा ३७५ र उत्तर प्रदेशमा ३३२ जनाले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ७७८ पुगेको छ।

अहिले भारतमा दैनिक १९ लाख स्वाब परीक्षण भइरहेका छन्। पछिल्लो २४ घण्टामा १९ लाख २० हजार १०७ वटा स्वाब परीक्षण गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)