बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइसोलेसनमा रहेका कोरोना संक्रमितले गरे आत्महत्या


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १८, २०७८
  • 572
    SHARES

१८ बैशाख, रुपन्देही । रूपन्देहीमा कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन्।

रूपन्देहीको सैनामैना-१ स्थित पदमपाणि योग तथा चिकित्सालयमा संचालन गरिएको कोरोना अस्थायी अस्पतालमा रहेका सैनामैना रानिबगियाका ४० वर्षीय पुरूषले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय मुर्गियाका अनुसार ती पुरूषले अस्थायी अस्पतालकै शाैचालयमा घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन्।

वैशाख १६ गतेदेखि चिकित्सालयमा भर्ना भएका उनी शनिवार झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले शुक्रबार दिनभरि अस्पतालले संचालन गरेको योग शिविर, प्रवचन लगायतमा सक्रिय सहभागी भएका उनी शनिबार बिहान पासो लगाएको अवस्थामा फेला परेको जानकारी दिनुभयो।

मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)