बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धनगढीमा थप तीन कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १८, २०७८
  • 770
    SHARES

१८ बैशाख, कैलाली । धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कोभिड अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका–७ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

टीकापुरकी संक्रमित महिला वैशाख ११ र भीमदत्तका वैशाख ५ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरु दुवैलाई कडा खालको निमोनिया थियो ।

यस्तै, धनगढीस्थित नोभा अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का २८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनको अस्पतालमै मृत्यु भएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)