बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा कोरोना संक्रमणबाट भारतीयसहित चार जनाको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 383
    SHARES

१९ बैशाख, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण गएको २४ घण्टामा प्रदेश १ मा एक भारतीयसहित चार जनाको मृत्यु भएको छ । धरान र विराटनगरका कोभिड विषेश अस्पतालमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

भारतीय नागरिकको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा आइतबार बिहान ७ः१० बजेतिर मृत्यु भएको हो । भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।

व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए ।कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आइतबार बिहान ६ः४० बजेतिर मृत्यु भएको छ । कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको बताउनुभयो।

यता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताप्लेजुङका ५९ बर्षीय पुरुष मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले दीर्घरोगी समेत रहेका मृतकलाई वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो भने १४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)