बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मकवानपुरमा एक कोरोना सङ्क्रमितको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 607
    SHARES

२० बैशाख, मकवानपुर । मकवानपुरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गए राति हेटौँडा अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ । अस्पतालको कोभिड–१९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हेटौँडा–१ का ५५ वर्षीय पुरुषको राति साढे ९ बजे मृत्यु भएको हेटौँडा अस्पतालमा प्रमुख डा प्रवीन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक पुरुषलाई हिजो मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै मकवानपुरमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ भने सङ्क्रमण बढ्दो छ । मकवानपुरमा आइतबारमात्रै २११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)