बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुटवल अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 450
    SHARES

२० बैशाख, रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीनजनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालबाट सन्चालित कोरोना विशेष अस्थायी अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान ९:५० बजे मृत्यु भएको छ । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

यस्तै सल्यानको शारदा-११ निवासी ४३ वर्षीय पुरुषको पनि आज विहान ६:५८ मा मृत्यु भएको छ । वैशाख १८ गते संक्रमण पुष्टि भएका उनी सोही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनमा ज्वरो र श्वासप्रस्वास सम्बन्धी समस्या थियो ।

अर्घाखाँचीको धातिवाङ-८ निवासी ७५ वर्षीय पुरुषको आज विहान २ बजेर १८ मिनेमा मृत्यु भएको डा. गौतमले जानकारी दिए । उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बुटवल-४ रुपन्देही निवासी ८४ वर्षीय पुरुषको आज विहान १:२४ बजे र बुटवल–९ रुपन्देहीका ६१ वर्षीय पुरुषको गएराति साढे आठ बजे मृत्यु भएको छ ।

बुटवल-११ रुपन्देहीकै ६५ वर्षीय पुरुषको आइतबार दिउँसो ३:५० बजे मृत्यु भएको छ । वैशाख १६ गते संक्रमण पुष्टि भएका उनी १८ गतेदेखि अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)