मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलाडीमा कोरोना संक्रमण भएपछि बैंग्लोर र कोलकाताबीचको खेल स्थगित


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 647
    SHARES

२० बैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आजका लागि निर्धारित रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सबीचको खेल स्थगित भएको छ।

कोलकाताका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित भएको क्रिकेट सम्बन्धी वेबसाइट इएसपीएन क्रिकइन्फोले जनाएको छ।

कोलकाताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना संक्रमण भएको हो।

खेल नेपाली समयअनुसार सोमबार साँझ ७ः४५ बजे अहमदावादमा हुँदै थियो। कोलकाता र बैंग्लोरबीचको खेल स्थगित भएको आईपीएलले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ।

यस पटकको आईपीएल सुरु हुनअघि नै केही खेलाडीहरु कोरोना भाइरसको चपेटामा आइसकेका थिए।

यसअघि कोलकाताका नितिश राणा, बैंग्लोरका देवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल कोरोना संक्रमित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)