बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मकवानपुरमा थप ६३ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 739
    SHARES

२० बैशाख, काठमाडौं । मकवानपुरमा सोमबार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ जनाको स्वाबको नमुना परिक्षण गर्दा बारा जिल्लाका एक जनासहित ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेमा १५ देखि ७३ वर्षका ३० जना महिला र ३३ जना पुरुष रहेका छन् । चौलागाईंका अनुसार, संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ६१ जना, मनहरी गाउँपालिकाका १ जना र बारा जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा सबैभन्दा बढी २१ जनामा संक्रमण पुष्टि भएको छ भने हेटौंडा–४ का १३ जनामा संक्रमण पुष्टि भएको छ मकवानपुरमा कोरोना संक्रमणको दर ७१ प्रतिशत रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)