बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चितवन र बाराका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २१, २०७८
  • 282
    SHARES

२१ बैशाख, काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत चितवन र बाराका कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पुरुष रहेका छन् ।

माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२:४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै बाराको जीतपुर सिमरा उप-महानगरपालिका-१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातिमा समस्या भइ वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६:४५ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)