बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मोरङमा चार कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २१, २०७८
  • 517
    SHARES

२१ बैशाख, मोरङ । मोरङको विराटनगरमा मंगलबार चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङकै बेलबारीमा कोरोनाका कारण अर्का एकजनाले ज्यान गुमाएका छन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा चार संक्रमितको मृत्यु भएको हो । अस्पताल प्रशासनका अनुसार मृत्यु हुनेमा विराटनगर, बेलबारी, सुनसरीको धरान र इलामका रहेका छन् ।

विराटनगर महानगरपालिका–१४ का ६२ वर्षीय पुरुषको आज बिहान २ बजेतिर मृत्यु भएको हो । उनी सोमबार अस्पताल भर्ना भएका थिए । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार इलाम नगरपालिका–४ का २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको हो । उनलाई वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । उनमा निमोनियाको पुरानै समस्या रहेको बताइएको छ ।

सोमबार अस्पताल भर्ना गरिएकी धरान उपमहानगरपालिका–८ की ७७ वर्षीया महिलाको पनि उपकारको क्रममा बिहान ५ बजेतिर मृत्यु भएको छ । सप्तरी हनुमाननगर–कंकालिनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको बिहान ५ः४५ बजेतिर नोबेलमै मृत्यु भएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो ।

उता, मोरङको बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । नोबेल अस्पतालमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)