बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुटवल अस्पतालमा थप दुई संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २१, २०७८
  • 333
    SHARES

२१ बैशाख, रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । उनकाअनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बैशाख १७ गते कोरोना पोजेटिभ रिपोर्ट आएका ती पुरुष सोही दिन लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ । त्यस्तै अस्पतालमा सैनामैना –१ मुर्धानीका ३२ वर्षीय युवकको पनि मृत्यु भएको छ । उनी कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालमा उपचारर गर्दै आएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)