बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्सामा एक कोरोना संक्रमित वृद्धको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २२, २०७८
  • 691
    SHARES

२२ बैसाख, पर्सा । पर्सामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले निमोनियाबाट पीडित वृद्धको श्वासप्रश्वासमा गम्भीर समस्या आउँदा मृत्यु भएको जनाउनुभयो ।
स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई वैशाख १६ गते परिवारजनले अस्पतालमा भर्ना गराएका थिए । अस्पताल भर्ना गर्दा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको डा. दासले बताउनुभयो । उहाँले अर्को दिन आरटी-पिसिआर प्रविधि मार्फत उनको थ्रोट स्वाब परीक्षण गर्दा कोभिड पुष्टि भएको बताउनुभयो ।

कोभिड पुष्टि भएसँगै उनलाई अस्पतालको आईसीयू कक्षमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको डा. दासले बतानुभयो ।
एक वृद्धको मृत्युसँगै पर्सामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)