बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गुल्मीमा थप तीन संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २२, २०७८
  • 938
    SHARES

२२ बैशाख, गुल्मी । गुल्मीमा बितेको २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । मृत्यु हुनेमा एक जना सत्यवती गाउँपालिका ७ जुनियाका ६९ बर्षीय पुरुष रहेका छन् । गएराती घरबाट उपचार गर्न खैरेनी लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो भने थप दुई जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको त्यस अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ५ गुल्मीका ४५ बर्षीय पुरुषको हिजो साँझ ९ बजे र गुल्मी कै कालिगण्डकी गाउँपालिका ७ का ५५ बर्षीय पुरुषको विहान ३ बजे कोरोना संक्रमणबाट ज्यान गएको बताए । यो सहित गुल्मीमा दोश्रो लहरमा मृत्यु हुन संक्रमितको संख्या १४ पुगेको छ ।

पहिलो लहरमा पनि १३ जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालयका फोकल पर्सन गोपाल कार्कीले हिजो साँझ सम्म ३३४ संक्रमित रहेकोमा अहिले विहान सम्म संक्रमितको संख्या ३६९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)