बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा थप दुई संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २३, २०७८
  • 628
    SHARES

२३ बैशाख, बाँके । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा बाँकेका एकजना महिला र एकजना पुरुषको बिहीबार मृत्यु भएको हो ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–८ की ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका–८ का ३७ वर्षीय पुरुष रहेका छन् ।

५५ वर्षीया महिलाको बिहीबार मध्यान्ह १२ बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो ।

ओलीका अनुसार ३७ वर्षीय पुरुषको बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख ८ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेमा यसअघि बुधबार राति र बिहीबार बिहान मात्रै १२ जना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)