बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसद्वारा तीन जिल्लाका पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि प्रदान


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २४, २०७८
  • 1.2K
    SHARES

२४ बैशाख, काठमाडौं । नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिएको छ । कोरोना महामारीको चपेटामा सिंगो देश परेको भन्दै नेपाली काँग्रेस नुवाकोट, सुनसरी र रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणको लागि दिने घोषणा गरेका हुन् ।

जिल्ला सभापति समेत रहनुभएको राजीव कोइरालाले इनरुवास्थित पार्टी कार्यालयको भवनलाई नगरपालिकाले आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सक्ने गरी अनुमति दिएको बताउनुभयो।

कोइरालाले विषम परिस्थितिमा जनताको स्वास्थ्यको ख्याल गर्नु प्रमुख दायित्व भएको भन्दै पार्टी कार्यालयको भवनमा आइसोलेसन सञ्चालन गर्न नगर प्रमुखलाई पनि जानकारी गरिसकेको बताउनुभयो ।

यस्तै, नुवाकोटको विदुरस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा कोभिड १९ को अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई काँग्रेस जिल्ला कार्यसमिति नुवाकोटले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)