बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना ,निशेधाज्ञा र जीबन चलाउनु पर्ने बाध्यता


  • राजेन्द्र चापागाँई
  • शनिबार, बैशाख २५, २०७८
  • 1.1K
    SHARES

कोरोना भाइरस को दोश्रो लहर संगै आएको माहामारी  र त्यसपछिको निषेधाज्ञा ले देशको करिब ५०जिल्ला काँही पुरै त काँही आंशिक बन्द छन् फैलिदो महामारी ले अब कुनै पनि ठाउँ अछुतो राख्ला जस्तो छैन।फेरी एकपटक संक्रमण नियन्त्रण र संक्रमित बिरामीहरुको उचित उपचार पहाड जस्तो चुनौती बनेर तेर्सिएको छ जसलाई पार लगाउन सानोतिनोतयारीले पुग्ने देखिदैन। मनै काम्ने गरि दिनहु बढी रहेको बिरामी र मृतु हुनेको आंकडाले काहाली लाग्दो  स्थिति बनाएको छतर हाम्रो राज्यसंयन्त्र अलमलमा परेका जस्तो देखिन्छ | यसैपनि  कमजोर स्वास्थ पुर्बाधार भएको हाम्रो जस्तो मुलुकमा कोविड १९ को माहामारीले राज्यका सबै अंगहरुलाई सुरुमै हल्लाई सकेको छ |यो पक्का छ हाम्रो कोविड १९ संग को लडाई तुरुन्त सकिनेवाला छैन तर के गर्नु र खोइराज्य समस्या आइ पर्दा डटेर सामना गर्ने भन्दा निरिह पन मात्र देखाउछ | ढिलासुस्ती र अकर्मण्यता फेरी एकचोटी उजागर भएको छ।

अहिलेको आबस्यकता भनेकोपर्याप्तपी सी आर टेस्टिङ्ग,आइसोलेसन सेन्टर , आइ सी यु,औषधितथा खोप को ब्यबस्थापनहो।चाडै भन्दा चाडै बढी भन्दा बढी  भ्याक्सिन  को आयात गरेर सबै उमेर समूह का मानिस लाई खोप लगाउने कार्य यथासिघ्र सुरु गर्नु पर्यो। साथै आफुसंग उपलब्ध  साधन  स्रोत हरुको उचित  र बैज्ञानिक ब्यबस्थापन त्येतिनै  महत्व पूर्ण कुरा हो।तर ब्यबस्थापन फितलो,उदासिन र कमजोर छ| बास्तबमै जनउत्तरदायी सरकार नभएकै कारणले होला आज सत्तामा बसेकाहरु देशमा यत्रो मानबिय संकट आउदा पनी विभिन्न बहानामा राजनैतिक कलह को मैदान तयार पार्न उद्दत भएको देख्दा अचम्म लाग्छ। सत्ता परिबर्तन को भागबन्डा र झगडा ले पुरै देशलाई विभाजित परेको छ।सरकार यस्तो विषम परिस्थितिमा आफ्ना सम्पूर्ण शक्ति  र स्रोत लगाएर आमनागरिक को जीवन रक्षा गर्ने पहिलो दायित्व बाटच्यूतभएको  छ ।

हामीकहा एउटा ठुलो रोग छ त्यो के भने कुनै पनी  बस्तुको  आपूर्ति ब्यबस्थापन गर्ने कुरा तुरुन्तै कमिसन खोर संग जोडिन्छ जहाँ मानबिय सम्बेदना को कुनै ठाउं हुदैन। पछिल्लो समय भ्याक्सिन आयात गर्ने कुरासंगै चुहिएको समाचार र विभागीय मन्त्रि को घुमाउरो पाराले कमिसन को कारणले औषधि आपूर्तिमा ढिलाई भएको स्वीकारोक्ति यसको एउटा ज्वलन्त उदाहरण हो। देशमा यत्रो स्वास्थ संकट र आम जनताको जीबन रक्षा चुनौती पूर्ण भएको आजको स्थितिमा बारम्बार यस्ता कुराहरु आइरहनु जनता प्रति गद्दारी गर्नु हो र यो अक्षम्य गल्ति हो जसको हिसाब किताब जनता ले गर्ने नै छन।

आम नागरिक को तर्फ़ बाट भन्दा स्वास्थ को पूर्ण ख्याल राख्दै फेरीपनि कोरानाकै को बीच पनी जिबन चलाउनै पर्ने हुन्छ महामारीको चेन ब्रेक गर्न आममानिसलाई घर बाट ननिस्कन यदी निस्कनु परेमा नाक सम्म छोप्नेगरी मास्क लगाउन ,  भिडभाड मा नजान ,भौतिक दुरी कायम गर्न ,साबुन पानी ले हात मुख धुन र स्यानिटाइजेर प्रयोग गर्न आव्हान  गरेको छ। साच्चै भन्ने हो भने माथि उल्लेख गरिएका मापदण्ड लाइ राम्रो संग पालाना गरेमा धेरै हद सम्म संक्रमण बाट बच्न  सुरक्षित हुन सकिन्छ र संक्रमण को चेन ब्रेक गर्न सकिन्छ र आफ्ना परिवार आफु नजिकका मानिस समुदाय र पुरै देश लाई संक्रमण मुक्त गर्न सकिन्छ। तसर्थ यी माथि लेखिएका कुराहरुमा हरेक नागरिकसचेत हुनु आबस्यक छ। सानो भन्दा सानो लापरबाही संक्रमण फैलाउन सहयोगी हुन सक्छ तसर्थ होशियार बनौ संक्रमण हुन बाट जोगियौ।

अन्तमा  निशेधाज्ञा सँधै कोलागी हुनै सक्दैन यो केहि समय वा अल्पकालीन योजना हो यसैका बिचमा सरकारी कार्यालय ,उद्योग, कलकारखाना,बैंक तथा बित्तिय संस्था ,दैनिक आबस्यक समानका पसल हरु ,ब्यपारिक प्रतिष्ठान आंशिक रुपमा भए पनि संचालन गर्नु परेको छ र संचालन भै राखेका पनि छन।कति विकास निर्माण का काम पनि चलिनै रहेका छनतेस्तै अतिआबस्यक सेवा हरुको संचालन गर्नै पर्यो। त्यसै पनि बाली नाली को सिजन सुरु हुदैछ कृषक हरु  खेत बारीमा जानै पर्यो यसर्थ अब  हामी सबै  अत्यन्त होशियार र साबधान रहेर सम्पूर्ण मापदण्ड पुरा गरेर बिस्तारै बिस्तारै काममा फर्किनु पर्ने बाध्यता हुन आउछ जसको लागि तयार रहौ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }