मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रियलले शीर्ष स्थानमा उक्लने मौका गुमायो


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २७, २०७८
  • 753
    SHARES

२७ बैशाख, काठमाडौं । सेभियासँगको २–२ गोलको बराबरीपछि रियल म्याड्रिडले स्पेनिस ला–लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । खेल अवधिभर सेभियाले रियललाई दबाबमा राखेको थियो ।

फर्नान्डोले २२ औं मिनेटमा गोल गर्दै सेभियालाई पहिलो हाफमा अग्रता दिलाए । दोस्रो हाफमा मार्को एसेन्सियो ६७ औं मिनेटमा रियलबाट बराबरी गोल फर्काए । तर त्यसको ११ मिनेटपछि इभान राकिटिचले पेनाल्टीमार्फत गोल गर्दै सेभियालाई फेरि अग्रता दिलाए ।

इन्जुरी समयमा इडेन हाजार्डले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा टुंगियो र रियलको उपाधि जित्ने आशा कायम रह्यो ।

सेभियाविरुद्ध जीत हासिल गरेको भए एथलेटिको म्याड्रिड बराबर अंक जोड्दै हेड टु हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लने थियो ।

लिगमा अन्तिम ३ खेल बाँकी छँदा शीर्ष स्थानको एथलेटिकोले ७७ र रियलको ७५ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको पनि ७५ अंक नै छ । बार्सा हेड टु हेडका आधारमा रियलभन्दा पछि छ । चौथो स्थानको सेभियाको ७१ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)