मङ्लबार, बैशाख २५, २०८१

कर्णाली प्रदेशको मन्त्रीपरिषद हेरफेर, दुईजनाले राजिनामा दिएपछि तीनजना थपिए


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 738
    SHARES

२९ बैशाख, काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ ।

मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री), सुर्खेतका बिन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् ।

यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् । भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएर नेपालीलाई मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ।

आजै कर्णाली सरकारका दुई मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीले तीन नयाँ अनुहारलाई क्याबिनेटमा ल्याएका हुन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री विमला केसी रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }