२ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १० हजार ५८० जनामा कोरोना पुष्टि भएको छ । यो आँकडा पछिल्लो २५ दिनको सबैभन्दा कम हो । यसअघि ३० अप्रिलमा दुई लाख इ४ हजार ३७८ नयाँ संक्रमितको पहिचान भएको थियो ।
यद्यपि, मृत्युको आँकडा अहिले पनि चिन्ताको विषय बनेको छ । भारतमा शनिबार कोरोनाका कारण ४,०७५ जनाको ज्यान गएको छ ।
राहतको कुरा के छ भने कोरोनाबाट निको हुनेको संख्या लगातार बढिरहेको छ । शनिबार कूल ३ लाख ६२ हजार ३६७ जनाले कोरोना जितेका छन् । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या ५५,९३१ को कमी भयो
