बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दिल्लीमा थप एक साता लकडाउन बढाइयो


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २, २०७८
  • 671
    SHARES

२ जेठ, काठमाडौं । भारतको दिल्लीमा जारी लकडाउन एक साताका लागि थप गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि लकडाउन थप गर्ने घोषणा गरेका हुन् । यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको भएपनि केजरीवालले आइतबार एक साताका लागि लकडाउन थप भएको घोषणा गरेका हुन् ।

केजरीवालले भने, ‘दिल्लीमा अवस्थामा सुधार भइरहेको छ । कोरोना भाइरस संक्रमण तीव्र गतिमा घटिरहेको छ । हामी यो चाहँदैनौं कि सुधार हुँदै गरेको अवस्थामा, पुनः अवस्था खराब होस् । त्यसैले लकडाउन मे २४ को बिहान ५ बजेसम्मका लागि बढाइँदैछ । त्यतिबेलासम्म मेट्रो सेवा पनि बन्द हुनेछन् ।’

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै केजरीवालले सर्वसाधारण लकडाउनका कारण दुःखी भएको भएपनि यो समय एकअर्काको सहारा दिने समय भएको बताएका छन् । उनले सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

पछिल्लो केही समय यता दिल्लीमा कोरोना संक्रमणमा उल्लेख्य कमी आएको छ । पछिल्लो २४ घण्टा दिल्लीमा ६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)