बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी सरकारसँग नेपालकोलागि गुहार माग्दै नेपाली अमेरिकन


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ३, २०७८
  • 2.0K
    SHARES

कोरोनाले आक्रान्त नेपालको भयावह स्थितीको सामना नेपाल सरकार एक्लैले गर्न नसक्ने स्थिती देखा परेको छ । सो अवस्थामा आफ्नो मातृभूमीको सहयोगार्थ विश्व भरिका नेपालीहरु एकजुट हुने क्रम जारी छ । अमेरिकवासी नेपालीहरु पनि कतै समुहगत त कतै सँस्थागत रुपमा राहत सँकलनमा जुटिरहेका छन् । विगतका बिपत्तिहरुमा भन्दा यस्पालि अलि फरक किसिमको पहल पनि भईरहेको छ ।

वासिङ्ग्टन सियाटल निवासि मोहन गुरुङ्गले सिधै राष्ट्रपती जो वाइडेन कहाँ पत्रचार गर्नु भएको छ । आफ्नो मात्रीभुमीले बेहोर्नु परेको यो भयावहाँ सँकट बाट बच्नका लागि आबश्यक भ्याक्सिन तथा उपकरणहरु उपलब्ध गराई विश्वमा मानवताको रक्षार्थ खट्ने सान बोकेको अमेरिकाले यो बिपत्तिमा पनि आफ्नो शाख कायम राख्नलाई अनुरोध गर्नुभएको छ । ह्वाईटहाउसले सो अनुरोध पत्र पाएको जानकारी पनि उहाँलाई गराई सकेको छ । उहाँ वासिङ्ग्टन राज्यका पुर्व एसिया प्यासिफिक मामला सम्बन्धी आयुक्त हुनुहुन्थ्यो ।

अर्का नेपाली समुदायका अविभावक मानिने मेरिल्याण्ड निवासी डा. श्याम कार्कीले मेरिल्याण्डका कङ्ग्रेसम्यान डच रपर्सबर्गर समक्ष आफ्नो अनुरोध पत्र ह्वेटअहाउस सम्म पुर्याईदिनका लागि अनुरोध गर्नु भएको छ । उक्त पत्रमा हाल कोरोनाका कारण आफ्नो मातृभूमी नेपालमा भयावह स्थिती आएको र नेपाल सरकार एक्लैले त्यो परिस्थितीको सामना गर्न असम्भाव देखिएकोले अमेरिकी सरकार द्वारा सहयोगको लागि अनुरोध गर्दछौ भनिएको छ ।

डा. कार्की गत राष्ट्रपतिको चुनावमा राष्ट्रपतिका उमेद्वार जो वाइडेनलाई जिताउन नेपाली समुदाय बिच अनवरत खटी रहनुभएको थियो । नेपाली साहित्यकारहरुको भेला गराएर कविताको माध्यमद्वारा पनि जो बाइडेनको लागि भोट माग्ने पहल उहाँले गर्नु भएको थियो । उहाँ २०१४ देखि हाल सम्म मेरिल्याण्ड राज्यमा दक्षिण एसिया मामला सम्बन्धी आयुक्त समेत हुनुहुन्छ ।

दुबैजनाले आ-आफ्नो पहुँच अनुसार गरेको पत्रचारको विवरण तल सँग्लग्न गरिएको छ ।

मोहन गुरुङ्ग : 

डा श्याम कार्की:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)