बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संक्रमितको संख्या कम हुँदै गएपछि बेलायतमा लकडाउन खुकुलो पारियो


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ३, २०७८
  • 451
    SHARES

३ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि बेलायतमा जारी गरिएको लकडाउन केही खुकुलो बनाइएको छ ।

इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो । अब मानिसहरु सीमित संख्यामा आफ्नो घरमा भेला हुन, प्रियजनसँग अंकमाल गर्न तथा पब एवम् रेस्टुरेन्टहरुमा जान पाउने छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सर्वसाधारणले सावधानीका उपायहरु भने अपनाइरहन आह्वान गरेका छन् ।

बेलायतमा हाल दैनिक १९ सय हाराहारीमा नयाँ संक्रमित थपिँदै आएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ चार संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म बेलायतमा ४४ लाख ५० हजार ७७७ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)