बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा घट्न थाले संक्रमित, एकैदिन २ लाख ६३ हजार २१ जनामा संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ४, २०७८
  • 793
    SHARES

४ जेठ, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरको गती निरन्तर कम हुन थालेको छ । पछिल्लो २४ घण्टामा यहाँ २ लाख ६३ हजार २१ जनामा कोरोना पुष्टि भएको छ । एक दिनमा ३ लाखभन्दा कम संक्रमित भेटिएको यो दोस्रो दिन हो । यसअघि आइतबार २.८२ लाख व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

सोमबार भारतमा कोरोनाको मामिलामा तीनवटा रेकर्ड दर्ता भएको छ । पछिल्लो २४ घण्टामा ४ लाख २२ हजार ३९१ जनाले कोरोना जितेका छन् । यो एक दिनमा कोरोनाबाट निको हुने सबैभन्दा धेरै आँकडा हो । यसअघि ८ मेमा ३.८६ लाख जना निको भएका थिए ।

यसरी पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा रेकर्ड १.६३ लाखको कमी भएको छ । यसअघि १६ मेमा उपचार गराइरहेका बिरामीको आँकडामा एक लाख ८३६ को गिरावट रेकर्ड गरिएको थियो ।

यद्यपि, मृत्युको आँकडा चिन्ता बढाउने किसिमको छ । सोमबार भारतमा रेकर्ड ४,३३४ संक्रमितको मृत्यु भयो । यो पनि एक दिनमा ज्यान गुमाउनेहरुको सबैभन्दा ठूलो आँकडा हो । यसअघि ७ मे मा ४,२३३ संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)