बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा खोप लगाउनेलाई १० करोडको चिट्ठा


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 506
    SHARES

५ जेठ, काठमाडौं । गरिब मुलुकहरु कोरोना खोप अभावमा छटपटाइरहेका बेला धनी मुलुकहरुलाई भने बेग्लै तनाव छ । अमेरिका, बेलायत लगायतका धनी देशहरु आफ्ना नागरिकलाई चाहिने भन्दा निकै धेरै खोप थुपारेर त बसिरहेका छन्, तर उनीहरुको नागरिकले खोप लगाउन नमानेर सरकार हैरान छ ।

अमेरिकामा पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउनै आएनन् । हङकङमा निःशुल्क खोप सुरु भएको तीन महिना बित्दा जम्मा १८ प्रतिशतले पहिलो डोज लगाएका छन् भने १२ प्रतिशत हाराहारीले मात्र दुवै डोज लगाएका छन् ।

कोरोना खोपप्रति नागरिकले यस्तो चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले अनौठो स्किम निकालेको छ ।

नयाँ स्किमअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसले एक–एक मिलियन डलर (झण्डै १०–१० करोड नेपाली रुपैयाँ) पुरस्कार जित्नेछन् ।

सरकारको यो घोषणाले खोप अभियानमा केही सकारात्मक प्रभाव पार्न सुरु गरिसकेको छ । स्किम घोषणाको दुई दिनपछि गत सोमबार एकै दिन २५ हजार ४ सय जनाले खोप लगाए, जुन गत तीन साताको सबैभन्दा उच्च हो ।

मे १२ तारिखमा घोषणा गरिएको यो स्किमअनुसार १८ वर्षभन्दा माथिका ओहायोका नागरिकहरु जसले एक वा एकभन्दा बढी डोज खोप लगाएका छन, उनीहरु यो चिठ्ठा अभियानमा सहभागी हुन सक्ने एनबीसी न्यूज समाचार संस्थाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)