बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपा माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा विष्ट


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १३, २०७८
  • 775
    SHARES
कर्णाली, १३ जेठ 

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त हुनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेता मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो ।

यस अघिका केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपाली प्रदेश सरकारको आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएपछि केही दिनदेखि उक्त पद खाली थियो । प्रमुख सचेतकमा नियुक्त विष्टले पार्टीले दिएको भूमिकालाई जिम्मेवारीपूर्ण ढङ्गबाट पूरा गर्ने बताउनुभएको छ । यसअघि भने उहाँलाई माओवादी केन्द्रले मन्त्री बनाउने तयारी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)