मङ्लबार, बैशाख २५, २०८१

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन सकियो


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १७, २०७८
  • 434
    SHARES

१७ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन सकिएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मत खस्दै मतदान सकिएको हो लुम्बिनी प्रदेशसभाका ८३ सदस्यले मतदान गरेका छन् ।

त्यस्तै स्थानीय तहतर्फ भने बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षले अहिलेसम्म मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदान गर्ने समयम ३ बजेसम्म तोकिएको छ । उपनिर्वाचनमा ३०० जना मतदाता रहेका थिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उहाँ पदमुक्त हुनुभएको थियो। त्यसपछि रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बन्नुभएको थियो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दृगनारायण पाण्डेय उम्मेदवार बन्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }