सोमवार, बैशाख २४, २०८१

आजदेखि पुन: ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुँदै


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २१, २०७८
  • 470
    SHARES

२१ जेठ, काठमाडौं । २ साताअघि रोकिएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आज बाट सुरु हुने भएको छ ।

शोमा सहभागी केही प्रतिस्पर्धी र ३ जना कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण स्थगित भएको थियो ।

आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको बताएको थियो ।

तर, कोरोना संक्रमित कोच र प्रतिस्पर्धीहरु कोरोना संक्रमणमुक्त भएकाले शोको प्रशारण सुरु गर्न लागिएको हो । यस शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट शोको प्रशारण आरम्भ हुन लागेको जानकारी गराएका हुन् ।

कोचहरु प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठ भने अस्पतालमा उपचाररत छन् ।

हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको यस शोमा आज बेलुकी नकआउट चरण अन्तर्गत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }