शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भैरब माबीमा अभिभावकको नाराबाजी , शिक्षालय कि यौनालय ?


  • स्वस्तिका चिलुवाल
  • शनिबार, जेष्ठ २२, २०७८
  • 1.5K
    SHARES

लमजुङ जेठ २२ 

 

राईनास नगरपालीका वडा नम्बर ९ स्थित भैरब माध्यामिक बिध्यालयमा अभिभावकहरुले बिरोध प्रदर्शन गरेका छन् । केही दीन अगाडी आफ्नै शिक्षकले १४ बर्षिय बालिकालाई जवरजस्ती करणी गरेको आरोप लागेपछी दुबै पक्षलाई जिप्रका लमजुङ पुर्याएर पनि कानुनी उपचारको बाटो नअपनाईकनै पावर मिसयुज गर्दै मलिमितोमा अन्यायलाई दवाउन खोजेका भन्दै अभिभावक प्रदर्शनमा उत्रीएका हुन् ।

आफ्ना कलिला नानीहरुलाई बिधालय पठाउन पनि डर भएको भन्दै आरोपित शिक्षक र बिध्यालय प्रशाषनको बिरुद्घमा नारावाजी गरेका थिए । हातमा प्लेकार्ड र व्यानर सहित बिधालय परिसरआई उनीहरुले नाराबाजी गरेका हुन । हामी हाम्रा छोरीहरु यस बिध्यालयमा पठाउनका लागी सुरक्षित महशुष गर्न सक्दैनौ , यस घटनाको न्यायिक पद्दतीबाट अनुसन्धान होस भन्दै करबि ७० जना अभिभावक उपस्थिती भएका थीए ।

अधिकांश महिलाको उपस्थीती रहेको उक्त बिरोध कार्यक्रममा बिधयालयमा यौन दुराचार बन्द गर , चरित्रहिन शिक्षकलाई बरखास्त गर, निकम्मा प्रध्यानाध्यापक राजीनामा दे, बिध्यालयमा भएको यौनजन्य गतिबिधिको सत्य तथ्य छानबिन गर , बिध्यालय पाठशाला कि यौनशाला , लगायतका नारा लगाएका थिए । उता बिध्यालयका प्रध्यानाध्यापकले भने आफ्ना शिक्षकहरुलाई प्रहरीले अपहरण शैलीमा जिप्रका पुर्याएको आरोप लगाएका छन् ।

त्यस्तै आरोपित शिक्षक निर्दोश साबित भएर फर्किसकेको पनि दाबि गरेका छन् । उता आन्दोलनमा उत्रीएका अभिभावकको अगाडी बोल्दै बिध्यालय व्यवस्थापन समितीका अध्यक्षले व्यवस्थापन समिती र शिक्षकको भेलाले यसघटनालाई गम्भिर रुपमा लिई उचित न्यायिक अनुसान्धानका लागी सिडियो कार्यलय र जि प्रकामा भोली आईतबारनै निबेदन दिन लागेको बताएका छन् ।

त्यस्तै यस घटनालाई नजिकबाट नियालीरहेको बालबालीकाको लागी राष्ट्यि अभियान एन सिसि आरले पनि बिज्ञप्ती जारी गरेको छ । एन सिसि आरले यो घटना मुलुकमा प्रचलित कानुन सिद्धान्त र प्रणाली अन्तर्गत न्यायिक उपचार हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)