सोमवार, बैशाख २४, २०८१

त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीलाई सुधार्दै लगिन्छ :पर्यटन मन्त्री


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २६, २०७८
  • 819
    SHARES

काठमाडौं ,२६ जेठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीहरुलाई सुधार्दै जाने बताउनुभएको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री अरगरियाले त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै केही कमि कमजोरीहरुलाई सुधार्दै अगाडी बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘पहिले त जताततै फोहोर यताउता थियो । डेकोरेशनको कुरा त बेग्लै हो । तर पहिलेको अपेक्षामा धेरै सुधार छ । केही कमजोरी हामी सल्ट्याएर अघि बढ्छौँ ।’

उहाँले विश्व स्वास्थ्य संगठनको नियमभित्र रहेर बिस्तारै आन्तरिक उडान खोल्ने निर्णय गर्ने बताउनुभयो । विमानस्थलको सरफाइका लागि गाइडलाइन बनाएको भन्दै उहाँले कर्मचारीको उपस्थिति र कामको निगरानी गर्ने पनि बताउनुभयो । लगेजको सुरक्षालाई पनि कडाइका साथ हेरिने मन्त्री अरगरियाले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }