आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशले नीति तथा कार्यक्रम पेश गर्दै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २७, २०७८
  • 460
    SHARES

२७ जेठ, मकवानपुर । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।
बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलका अनुसार आज विहिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आज प्रदेशसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा प्राथमिकतामा राखेको जनाइएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका १ सय १९ वटै स्थानीय तहमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तामा हेरफेर, सबै विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम, एक वडा एक स्वास्थ्य केन्द्र लगायतको कार्यक्रमलाई प्राथमिकता दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)