शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

असार १ गतेबाट निषेधाज्ञा खुकुलो बनाउनुपर्छ : सुदर्शन नेपाल पर्यटन व्यवसायी


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २८, २०७८
  • 1.2K
    SHARES

काठमाडौं , २८ जेठ

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ । निषेधाज्ञाको कारण जनजीवन ठप्प छ । यसै निषेधाज्ञाको कारण कोरोना संक्रमणको दरमा कमि आएको छ । निषेधाज्ञाको कारण घरभित्र रहेका जनताहरुमा उकुस–मुकुस हुन थालेका छन् ।

यससँगै स्वास्थ्य सावधानीसाथ सेवा, व्यापार, जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागु भएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन् ।

पर्यटन व्यवसायी सुदर्शन नेपालले पर्यटन क्षेत्रका व्यवसायी र मजदुरले कोरोना विरुद्धको दुवै मात्रा खोप पाइसकेको अवस्था रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै यस व्यवसायलाई सञ्चालन गर्न दिइनुपर्ने बताउनुभयो ।

पर्यटन व्यवसायलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाउँदै लानुपर्ने उहाँको भनाई छ । पर्यटन क्षेत्रलाई सुचारु गर्नका लागि व्यवसायीहरु मनोवल उच्च पारेर तयारी अवस्थामा रहेको पनि पर्यटन व्यवसायी नेपालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)