सोमवार, बैशाख २४, २०८१

अर्थतन्त्रलाई चलायमान बनाउन आन्तरिक उडान खोल्नु पर्छ : अनोज रिमाल प्रथम उपाध्यक्ष वायु सेवा सञ्चालक संघ


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २८, २०७८
  • 1.1K
    SHARES

काठमाडौं , २८ जेठ

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ । निषेधाज्ञाको कारण जनजीवन ठप्प छ । यसै निषेधाज्ञाको कारण कोरोना संक्रमणको दरमा कमि आएको छ । निषेधाज्ञाको कारण घरभित्र रहेका जनताहरुमा उकुस–मुकुस हुन थालेका छन् ।

यससँगै स्वास्थ्य सावधानीसाथ सेवा, व्यापार, जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागु भएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन् ।

वायु सेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष अनोज रिमालले विगतमा अन्य क्षेत्रको भन्दा वायु सेवामा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरिएको र आगामी दिनमा पनि कडाइका साथ पालना गरिने भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनको लागि वायु सेवालाई सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

४३ दिनभन्दा बढीदेखि हवाई उडान ठप्प हुँदा १०औं लाख कर्मचारी बेरोजगार भएको र उनीहरूमा आश्रित परिवारसमेत समस्यामा परेको भन्दै १ गतेबाट उडान सुचारु गर्न उहाँले अनुरोध गर्नु भयो ।

हालसम्म हवाई उडानमा यात्रा गरेका यात्रुहरूमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण नदिएको दाबी गर्दै सरकारले बनाएको प्रोटोकलअनुसार सेवा सञ्चालन गर्ने अनुमति दिनका लागि संघका प्रथम उपाध्यक्ष अनोज रिमालले अनुरोध गर्नु भयो ।

कोभिडविरुद्ध तालिम प्राप्त जनशक्ति तथा हरेक उडानपूर्व जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेसशिल्डको अनिवार्य प्रयोगले पहिलो र दोस्रो चरणको कोभिडको संक्रमणको बेलामा पनि हवाई यात्रुहरू सुरक्षित रहेको उहाँले बताउनु भयो।

अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा सबैभन्दा सुरक्षित तथा संक्रमणरहित देखाएको र लकडाउन(बन्दाबन्दी)को समयमा संसारका कुनै पनि देशमा आन्तरिक उडान नरोकिएको संघका प्रथम उपाध्यक्ष अनोज रिमालले बताउनु भयो।

योसँगै पहिलो निषेधाज्ञा अवधिभरका लागि सरकारबाट प्राप्त सुविधाअनुसार यस दोस्रो लहरको निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शुल्कहरूमा ७५ प्रतिशत छुट मिनाहका लागि समेत उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }