सोमवार, बैशाख २४, २०८१

स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ : सुरेन्द्र भट्टराई, पर्यटन व्यवसायी


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २९, २०७८
  • 665
    SHARES

काठमाडौँ, २९ जेठ 

पर्यटन व्यवसायी सुरेन्द्र भट्टराईले स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाध रुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताउनुभएको छ ।

नेपाल एशोसियशन टुर्स एण्ड टाभल एजेन्ट (नाटा)का पूर्व सहकोषाध्यक्षसमेत रहेका भट्टराईले आज माउण्टेन खबर डटकमसँग गरेको विशेष कुराकानीमा निषेधाज्ञामात्र कोरोना रोकथामको उपाय नभएको भन्दै जनतालाई स्वास्थ्य मापदण्ड अपनाएर निर्वाध रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

कोरोना जोखिम बढेपछि सरकारले बन्दाबन्दी गरेको आज डेढ महिना (४५ दिन) पुगेको छ । घरभित्र बस्दा कतिपय व्यवसायीहरु तनावका कारण झन् विरामी हुँदै गएको भन्दै सरकारले यस्ता व्यवसायीलाई विशेष सहुलियतसहित व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उहाँले बताउनुभयो । असार १ देखि व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उहाँको भनाई छ ।

युवा पर्यटन व्यवसायी भट्टराईले पर्यटन क्षेत्रका व्यवसायी र मजदुरले कोरोना विरुद्धको दुवै मात्रा खोप पाइसकेको अवस्था रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै यस व्यवसायलाई सञ्चालन गर्न दिइनुपर्ने बताउनुभयो ।

पर्यटन व्यवसायलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाउँदै लानुपर्ने उहाँको भनाई छ । पर्यटन क्षेत्रलाई सुचारु गर्नका लागि व्यवसायीहरु मनोवल उच्च पारेर तयारी अवस्थामा रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }