आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २९, २०७८
  • 584
    SHARES

हेटौंडा ,२९ जेठ

वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

डोरमणि पौडेल नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई माधवकुमार नेपाल पक्षका सांसदहरुले समेत समर्थन जनाएपछि बहुमतले पारित भएको थियो। नीति तथा कार्यक्रम पारित गराउन आज बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेल र माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले सांसदहरुलाई निर्देशन दिएका थिए।

केन्द्रमा विभाजित एमाले नीति तथा कार्यक्रम पारित गराउन एक ढिक्का भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमको समर्थन गरेनन्।

नीति तथा कार्यक्रममाथि राप्रपाका दुई सांसद तटस्थ बसेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)