बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पोखरेलले दिए भूमे पर्वको अवसरमा शुभकामना


  • माउन्टेन खबर
  • मङ्लबार, असार १, २०७८
  • 317
    SHARES

१ असार, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वूर्ण संस्कृतिको रुपमा स्थापित हँुदै गएको बताउनुभएको छ । आज शुभकामना सन्देश दिंदै उहाँले लुम्बिनी प्रदेशको रोल्पा र रुकुममा खामा भाषी मगर समुदायले मनाउने सो विशेष सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले यसबाट एकता, सदभाव र मेलमिलापको वातावरण बनाउन सहयोग गर्ने उल्लेख गर्दै यो पर्व प्रकृतिसँग सम्बन्धित भएकाले मानव र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ भन्नुभएको छ । उहाँले प्रकृतिले दिएको अमूल्य उपहार माटो, पानी, जीवजन्तु, रुख विरुवाको संरक्षण र सही उपयोग गर्दा मात्रै मानवको जीवन सरल र सहज हुने बताउनुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासमा जोड दिएको उल्लेख गर्दै सन्देशमा अल्पसङ्ख्यक आदिवासी, पछाडि पारिएका समुदायको उत्थानका लागि संवैधानिक आयोग गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरिएको छ । यस अवसरमा रोल्पा र रुकुममा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }