शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जंगल सफारी लजको आकर्षक योजना, चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने


  • माउन्टेन खबर
  • बुधबार, असार २, २०७८
  • 486
    SHARES
 काठमाडौं , २ असार
जंगल सफारी लज सौराहा चितवनले आन्तरिक पर्यटनलाई लक्षित गरेर ‘पे नाउ,गो लेटर’अफर ल्याएको छ।
योजना अन्तर्गत पर्यटकले तीन रातको रुमको मूल्य मात्र चार हजार रुपैयाँमा पाउनेछन्।
कोभिड-१९का कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न होटलले आकर्षक योजना ल्याएको होटलका संचालक सुमन घिमिरेले बताए।
‘कोभिडका कारण पर्यटन क्षेत्र तहसनहस भएको छ। यो क्षेत्रलाई उकास्नका लागि जसले जति सक्छ त्यसरीनै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यो योजना ल्याएका हौ,’ उनले भने। उनका अनुसार होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ। कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन्।
यो योजनामा सहभागी हुन पर्यटकहरुले असार महिनाभरी प्याकेज खरिद गर्नुपर्ने हुन्छ। आफुले खरिद गरेको प्याकेज मितिको १ महिना पछि होटलमा आएर बस्न सकिने उनले बताए।
योजना अन्तर्गत पर्यटकहरुले चैत २८ २०७८ सम्म प्रयोग गरि सक्नु पर्ने हुन्छ। योजनामा एक हजार जना सहभाागी गराउने घिमिरेले बताए।
योजनामा ब्रेकफाष्ट उपलब्ध छैन र ग्रुप बुकिङ को लागि यो योजना लागु हुने छैन। उनका अनुसार पैसा तिरेका पर्यटकले १५ दिन अगावै होटलमा कोठा बुक गर्नुपर्नेछ। योजना नेपालमा रहेका एक्सप्याटसहरु पनि सहभागी हुन पाउने उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)