आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संञ्चार माध्यमको विकासकालागि बागमति प्रदेश सरकार प्रतिबघ्द: मन्त्री पाण्डे


  • माउन्टेन खबर
  • शनिबार, असार ५, २०७८
  • 739
    SHARES

हेटौडा, ५ असार
बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री केशव राज पाण्डेले बागमती प्रदेश सरकार संचार माध्यमलाई साथसाथै लिएर हिड्न चाहेको बताउनुभएको छ ।

शनिबार राष्ट्रिय टेलिभिजन प्रसारक संघको आयोजनामा बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री सँगको अन्र्तक्रियामा बोल्दै उहाँले बागमती प्रदेश सरकार मिडियाको साथमै हिडिरहेको र आगामी दिनमा पनि मिडियाको साथमै हिड्न चाहेको बताउनुभएको हो । उहाँले देशको राजनीतिक परिवर्तनमा राजनीतिकर्मीहरुसँगै संचार क्षेत्रको भुमिका पनि उत्तिकै रहेको भन्दै पत्रकारहरुको सो भुमिकालाई अवमुल्यन नगर्ने बताउनुभयो । मन्त्री पाण्डेले प्रदेश सरकारको तर्फबाट पुराना तथा नयाँ पत्रकारहरुलाई आवश्यकता अनुसारको पत्रकारिकताको तालिमको व्यवस्था गर्ने पनि बताउनुभयो । प्रदेश सरकारले पत्रकारितामा आउन चाहाने युवापुस्तालाई प्रोत्साहित गर्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले ठुलो सञ्चारग्रामको कल्पना गरेको र त्यसको स्थापनाको निम्ति जग्गा प्राप्ति गर्न अघिल्लो वर्ष देखिनै लागिएको उहाँले जानकारी दिनुभयो ।

पत्रकारहरुलाई भ्रमणको व्यवस्था गरिदिएर सो क्षेत्रको सम्बन्धमा पर्यटन प्रवद्र्धन गर्ने हिसाबले डकुमेन्ट्री बनाएर सो डकुमेन्ट्री किनिदिने व्यवस्था मिलाइने पनि उहाँको भनाई छ । त्यस्तै कोभिड–१९ महामारीसँग सम्बन्धित रहेर पत्रकारहरुलाई फेलोसिप प्रदान गरिने मन्त्री पाण्डेले बताउनुभयो । पत्रकारहरुको हकमा संघीय सरकारले दिएको जति सुविधा प्रदेश सरकारले पनि दिनुपर्ने कुरामा आफु सहमत रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)