सोमवार, बैशाख २४, २०८१

निर्माणाधीन पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ले पायो उत्कृष्ट आर्किटेक्ट अवार्ड


  • माउन्टेन खबर
  • शनिबार, असार ५, २०७८
  • 1.0K
    SHARES

काठमाडौं ,५ असार

जगदम्बा हस्पिटालिटीले राजधानीमा निर्माण गरिरहेको हिल्टन काठमाडौंले उत्कृष्ट आर्किटेक्चर अवार्ड जितेको छ ।  हिल्टनले वर्ल्ड आर्किटेक्चर कम्युनिटीबाट उत्कृष्ट आर्किटेक्ट डिजाइन गरेबापत सो अवार्ड जितेको हो । यसअघि पनि होटलले वेस्ट लिजर अवार्ड जितेको थियो ।

हिल्टन काठमाडौंलाई सन् २०१५ मा इस्ट्रेड रियल स्टेट अवार्ड सिंगापुरले बेस्ट लिजर अवार्ड दिएको थियो । सन् २०२१ मा उत्कृष्ट आर्किटेक्ट अवार्ड जितेको शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले जानकारी दिए । स्टुडियो सिम्वोसिस आर्किटेक्सले होटलको डिजाइन गरेको हो । जगदम्बा हस्पिटालिटी शंकर ग्रुपअन्तर्गतको कम्पनी हो । यही कम्पनीले हिल्टन काठमाडौं निर्माण गरिरहेको छ ।

विश्वकै दोस्रो ठूलो होटल सञ्जाल ‘हिल्टन होटल’ हिल्टन समूहको इन्ट्री लेभल फाइभ स्टार श्रेणीको ब्राण्ड हिल्टन काठमाडौं’को नामबाट काठमाडौको नक्साल भगवती मन्दिर नजिकै निर्माण भइरहेको छ  ।

काठमाडौंमा मध्य भागमा बनिरहेको होटलमा नेपाली कला संस्कृति झल्किने डिजाइन गरिएको छ । त्यसका अलवा बनिरहेको होटलबाट विभिन्न हिमालमा दृश्यावलोकन पनि गर्न सकिने छ ।

१९ हजार ३ सय ५१ स्क्वायर मिटर क्षेत्रफलमा होटल निर्माण भइरहेको छ । होटल १९ तलाको हुने छ भने ६४ मिटर उचाइ रहने छ । होटलमा १७६ कोठाहरु रहने अग्रवालले जानकारी दिए । हिल्टन होटलमा करिव ४ अर्ब रुपैयाँ लगानी रहेको छ । हिल्टनले विश्वभर ४ हजार २ सय होटलहरु सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }