बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिपक्षीको विरोधपछि प्रदेशसभा बैठक स्थगित


  • माउन्टेन खबर
  • बुधबार, असार ९, २०७८
  • 655
    SHARES

सुदूरपश्चिम, ९ असार
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सदस्यको विरोधपछि कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगन भएको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले सरकारले आगामी आर्थिक वर्ष २०७८÷ ७९ को बजेट कार्यक्रम संविधान र प्रदेशसभा नियमावलीको प्रकृया मिचेर ल्याएको भन्दै आ—आफ्नो आसनबाट उठेर विरोध जनाउनु भएको थियो ।

प्रतिपक्षीको विरोधका बीच सभामुखले बोल्न अनुमति दिएपछि काँग्रेसका गोविन्दराज बोहराले सरकारले बजेट ल्याउन प्रदेशसभा सचिवालयमा दर्ता गराएको सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रकृया नपु¥याई ल्याएको भन्दै त्यसमा आफूहरुले विरोध रहेको बताउनुभयो । उहाँले संसद कानून बनाउने र यसको मर्यादा राख्ने थलो भएकाले संसदमा उठेका गैरकानूनी कुरा सच्याउन माग गर्नुभयो ।

उहाँको धारणापछि पनि सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नु भएको थियो । त्यसपछि पनि विरोध जारी राखेपछि सभामुखले बैठक स्थगित गर्नु भएको हो । आगामी आवका लागि सरकारले ल्याएको बजेटमाथिको बाँकी छलफल गरिने आजको बैठकको कार्यसूची थियो ।

बजेट माथि भइरहेको छलफलमा सत्तापक्षीय सदस्यले नै बजेट नीति कार्यक्रम र उद्देश्यअनुसार नआएको, असमान र असन्तुलित ढङ्गले बजेट विनियोजन गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । सरकारले आगामी आवका लागि रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)