शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘नो भ्याक्सिन, नो टुरिज्म’ :पोखरा पर्यटन परिषद्


  • माउन्टेन खबर
  • मङ्लबार, असार २२, २०७८
  • 783
    SHARES

पोखरा ,२२ असार

पोखराका पर्यटन व्यवसायीले पर्यटन व्यवसायको पुनरुत्थानका लागि विभिन्न माग राखेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

परिषद् आबद्ध संघ-संस्थाले सोमबार ‘नो भ्याक्सिन, नो टुरिज्म’ भन्ने प्लेकार्डसहित दुई घण्टा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएपश्चात परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्रमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात पोखरा र गण्डकी प्रदेशको पर्यटन व्यवसायले लामो समयदेखि कोभिड–१९ को महामारीले क्षति व्यहोर्नु परेको जनाउँदै पर्यटनमा भएको लगानी र रोजगारलाई बचाइ राख्न सरकारलई पर्यटन मैत्री कार्यक्रम ल्याउन आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)