शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमालय एयरलाइन्सको टिकट अब अनलाइनमा


  • माउन्टेन खबर
  • बुधबार, असार २३, २०७८
  • 533
    SHARES

काठमाडौं, २३ असार 

हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरू गरेको छ। योसँगै अब ग्राहकहरूले कम्पनीको बेवसाइटमा गएर अनलाइनमार्फत् एयरलाइन्सको टिकट बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आईपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरिद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तैः उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाणपत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्ने छन् ।

एयरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तैः ब्यागेजको पूर्वबुकिङ, सिट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरूमार्फत् नवीनतम सेवा सुरू गर्ने योजना बनाएको जानकारी दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)