आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड तेस्रो लहरको जोखिमको आकलन गरेर प्रतिकार्यको पूर्वतयारी शुरू


  • माउन्टेन खबर
  • शनिबार, असार २६, २०७८
  • 588
    SHARES

हेटौंडा, २६ असार 

बागमती प्रदेश सरकारले कोभिड तेस्रो लहरको जोखिमको आकलन गरेर प्रतिकार्यको पूर्वतयारी शुरू गरेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरको जोखिमको आकलन गरी पूर्वतयारी थालिएको बताएको हो ।

मन्त्रालयमा शनिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री सरस्वती बस्नेतले कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने चर्चा भएअनुरूप अस्पताललाई २० प्रतिशत बेड छुट्याएर राख्न निर्देशन दिइएको जानकारी दिइन् । ठोस योजना निर्माण गरेर महामारीको नियन्त्रण तथा उपचारलाई निरन्तरता दिँदै खोप कार्यक्रमलाई सशक्त पारिने उद्घोष उनले गरिन् । सरकारले प्रदेशभरका नागरिकलाई खोप लगाउन २ अर्ब बजेट विनियोजन गरिएको समेत उनले जानकारी दिइन् ।

प्रदेशमा खोप कसरी व्यवस्थापन गर्ने भनेर लागिपरेको भन्दै उनले प्रदेश सरकारले सोझै खरीद गर्ने व्यवस्था बने सोझै नभए संघीय सरकारसँग सहकार्य गरेर प्रदेशका खोपका लागि उमेर पुगेका सबै नागरिकलाई खोप लगाइने बताइन् ।

मन्त्री बस्नेतले धादिङ अस्पतालको भवन, त्रिशूली अस्पताल नुवाकोटको आवास गृह निर्माण गरिएको, प्रदेश मातहतका जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, त्रिशूली अस्पताल, भक्तपुर अस्पताल, हेटौँडा अस्पताल, सिन्धुली अस्पताल र चरिकोट अस्पतालबाट नियमितरुपमा पिसिआर परीक्षण सेवा सञ्चालन भइरहेको, आठवटै अस्पतालबाट कोभिडको उपचारका लागि आइसोलेशन तथा त्रिशूली, भक्तपुर, हेटौँडा, धादिङ र सिन्धुली अस्पतालबाट आइसियु तथा एडियु सेवा प्रवाह भइरहेको बताइन् । साथै स्वास्थ्य कार्यालयहरूबाट रोकथाम र नियन्त्रणका कार्य भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)