आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशका दुई विधेयक प्रमाणीकरण


  • माउन्टेन खबर
  • बुधबार, असार ३०, २०७८
  • 507
    SHARES

३० असार, मकवानपुर । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले वाग्मती प्रदेशसभाबाट पारित भएको दुई वटा आर्थिक विधेयक आज यहाँ प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले प्रमाणीकरण गर्नुभएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक वर्ष २०७८÷७९ सेवा र कार्यलाई प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

गतअसार २७ गतेको प्रदेशसभा बैठकले पारित गरेको प्रदेश सरकारको विनियोजन विधेयक र असार २८ गतेको प्रदेशसभा बैठकले पारित गरेको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई प्रदेश प्रमुख प्रसाईले बुधबार प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)