शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’ तयार


  • माउन्टेन खबर
  • बुधबार, असार ३०, २०७८
  • 294
    SHARES

पोखरा, ३० असार 
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले पर्यटकीयस्थल पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’ तयार गरेको छ । यसअघिको पर्यटकीय ब्रान्ड ‘पाराडाइज पोखरा’ लाई परिमार्जन गर्दैै पोखरा पेयर याज पाराडाइज तयार गरिएको हो ।

नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताउनुभयो । गन्तव्यलाई सरल र स्पष्टरूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यक्ता महसुस गरी शुरुआत गरिएको उहाँले बताउनुभयो ।

ब्राण्डिङले पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा चिनाउन थप बल पुग्ने उल्लेख गर्दै उहाँले यसको शुरुआत बोर्डले गौतमबुद्ध जन्मस्थल लुम्बिनीबाट गरेको जानकारी दिनुभयो । ब्राण्ड तयार गर्ने विज्ञ फर्मको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालामाझ विभिन्न चरणमा प्रस्तुत गरिएको थियो । सोबाट प्राप्त राय तथा सुझाव सङ्कलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई अन्तिम रुप दिइएको बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिडको प्रभाव कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्र पर्यटन बजारमा प्रचार गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }