शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेलाई एकतावद्ध बनाएर लैजाने स्थायी कमिटी बैठकको निर्णय


  • माउन्टेन खबर
  • आइतवार, साउन १७, २०७८
  • 416
    SHARES

१७ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सवै प्रयासहरु गर्ने भएको छ ।

आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले उक्त निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । जेठ २ को टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास उहाँले ब्यक्त गर्नुभयो।

‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहान्छौँ । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो’, महासचिव पोखरेलले भन्नुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराउनुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }