२२ साउन, काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू भएको छ ।
कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन, मन्त्रीमण्डल बिस्तारलगायतका विषयमा छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।
आज मात्रै पाँच गठबन्धनको कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको थियो ।