शुक्रबार, बैशाख २८, २०८१

युवा संगठन नेपालको अभियान “महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २२, २०७८
  • 438
    SHARES

काठमाडौं, २२ साउन

युवा संगठन नेपालले “महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि” भन्ने अभियान शुरु गर्ने भएको छ ।

बिहीवार बसेको संगठनको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत् संघका महासचिव दीपक जीएमले बताउनुभयो । उहाँले अभियान हरेक महिनाको दुई वटा शनिवार २ घण्टा देशैभर सञ्चालन हुने बताउनुभयो । यो अभियान साउन २३ गते शनिवार त्रिवी शिक्षण अस्पताल महाराजगञ्जबाट शुरु हुनेछ भने साउनको अन्तिम शनिवार त्रिवी विश्वविद्यालय कीर्तिपुरमा हुनेछ ।

महासचिव जीएमले भन्नुभयो, “युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्य बोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि भन्ने स्वयं सेवकीय अभियान सञ्चालन निर्णय गरिएको छ, यो अभियान प्रत्येक महिनाको २ वटा शनिवार २२ घण्टा देशैभर निरन्तर सञ्चालन हुनेछ ।”

 

बैठकले २०७८ श्रावण मसान्तभित्र सबै प्रदेश, भाद्र १० भित्र सबै जिल्ला र भाद्र मसान्तसम्म सबै स्थानीय तहसम्म पुगेर पिपुल्स भोलेन्टियर गठन गर्ने र नेपालमा बसोवास गर्ने र खोप लगाउन योग्य सबै समुदायलाई चाँडोभन्दा चाँडो खोप सर्वसुलभ रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष नरेश कुमार शाहीले भ्रष्टाचार, विकृति,विसंगति, नातावाद र विभिन्न खालका गलत संस्कारहरु कायम रहेकोले ती संस्कृतिलाई चुनौति दिन युवा संघको निर्माण भएको बताउनुभयो ।

उहाँले नेपाली समाजमा राजनीति प्रतिको सकारात्मक धारण विकास गर्ने र नेपालको समाज विकासका लागि युवाहरुको दायित्व र कर्तव्यबोध गराउनका लागि स्वयंसेवकको अभियान थालेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हाम्रो समाजमा भ्रष्टाचार, विकृति, विसंगति,कृपावाद, नातावाद, विभिन्न खालका गलत संस्कारहरु कायम रहेका छन्, ती संस्कृतिको रुपमा विकास हुँदैछन्, त्यसलाई एक किसिमको चुनौति दिनको लागि हामीले नेपालमा समाजमा राजनीति प्रतिको सकारात्मक धाराणा विकास गर्ने र नेपालको समाज विकासका लागि युवाहरुको दायित्व र कर्तव्यबोध गराउनका लागि स्वयंसेवकको अभियान शुरु गरेका हौँ ।”

 

युवा संगठन नेपाल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }