बिहिबार, बैशाख २७, २०८१

मेलम्चीका बाढी पीडितलाई तत्काल राहत दिन राप्रपाद्धारा सरकारलाई आग्रह


  • माउन्टेन खबर
  • शनिबार, साउन २३, २०७८
  • 185
    SHARES

२३ साउन, काठमाडौं 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै सरकारी निवास बालुवाटारमा भेटगरी राप्रपाका अध्यक्ष पशुपति शेमशेर राणासहितका नेताहरुले बाढीबाट बिस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गर्नु भएको हो ।

बाढीबाट ठूलो दुःख र पीडा भोगेर बसेका त्यहाँका स्थानीयलाई सुरक्षित बासको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराइएको अध्यक्ष राणाले जानकारी दिनु भयो । राप्रपाले बाढीबाट ज्यान गुमाएका र वेपत्ता भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी बाढीले बगाएको स्थानीय पुल, सडक, विद्युत, खानेपानीलगायतका स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराइएको छ । अध्यक्ष राणाले भन्नु भयो, ‘पुल, बाटोघाटोलगायतका स्थानीय संरचना सम्पूर्ण निर्माण हुनु प¥यो । बिस्थापित परिवारलाई राखिदिने उचित ठाउँको व्यवस्था हुनुप¥यो । क्षति भएका मानिसहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नु प¥यो । त्यो मेलम्चीका जनताको चितकारलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।’

राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध छ । अध्यक्ष राणाले सरकारले बाढीग्रस्त क्षेत्रका नागरिकलाई छिट्टै उचित राहतको व्यवस्था गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }