शुक्रबार, बैशाख २८, २०८१

सोमबार सामान्य अंकले बढेर बन्द भयो सेयर बजार


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 292
    SHARES

२५ साउन, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

सोमबार नेप्से परिसुचक १.५४ अंक बढेर ३१०९.६६ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।

यस दिन २२४ कम्पनीको १ लाख २८ हजार ९५९ पटकको कारोबारमा १४ अर्ब १३ करोड ७३ लाख रुपैयाँ बराबरको २ करोड ५३ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन यूनियन हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर्स, कर्पोरेट डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त, ङादी ग्रुप, युनियन लाइफ इन्स्योरेन्स र हिमालयन पावर पार्टनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

सोमबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत र वित्त उपसमूहको परिसूचक ३.३५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार, होटल तथा पर्यटन र डेभलपमेन्ट बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६७ करोड ६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपर तामाकोशी, अपि पावर र सिनर्जी पावरको ५० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }