बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश

मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा आज छलफल हुँदै


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 701
    SHARES

बुटवल,२७ साउन

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक आज बस्दैछ ।

साउन १९ गते विपक्षी गठबन्धनका ३४ सांसदको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले आज दिंउसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् ।

प्रतिपक्ष ४ दलले संसदमा तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । आजको विशेष अधिवेशन मार्फत मुख्यमन्त्री पोखरेलविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।

प्रदेशसभामा बैशाखमै अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले विभिन्न बहानमा सरकार टिकाइरहेका छन् ।

सरकारसँग ३८ मत मात्र रहेको प्रदेशसभामा विपक्षीले सभामुखसहित ४२ मत रहेको दाबी गर्दै आएका छन । प्रदेश सभामा अहिले ८० सांसद कायम छन् ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)